ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा भुवा पर्व महोत्सव सञ्चालन गरिने

बुधबार ०२, पुष २०८२ १२:५३

धनगढी । धनगढीमा भुवा पर्व महोत्सव सञ्चालन हुने भएकाले छ । बाजुरेली सेवा समाजको आयोजनामा यही पुस ४ देखि छ गतेसम्म धनगढी रंगशालामा महोत्सव हुन लागेको हो । महोत्सवअन्तर्गत भुवा खेल प्रतियोगिता गरिने आयोजकले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । मौलिक संस्कृतिको संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको बाजुरेली सेवा समाजका अध्यक्ष भरत केसीले बताए ।

भुवा पर्व महोत्सवको औपचारिक उदघाटन पुस ४ गते गरिने र पुस ५ गते भुवाचाली खेल प्रतियोगिता गरिने उनले जानकारी दिए । यससँगै सांगितिक र सांस्कृतिक कार्यक्रमहरू समेत सञ्चालन गरिने आयोजकले जनाएको छ। भुवाचाली प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ र तृतीयलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा अध्यक्ष केसीले जानकारी दिए ।

खासगरी बाजुरामा धुमधामका साथ मनाइने भुवा पर्वको अवसरमा समाजले हरेक वर्ष धनगढीमा भुवाचाली खेल प्रतियोगिता गर्दै आएको छ । बाजुरा घर भइ धनगढीमा बसोबास गर्दै आएका व्यक्तिहरूको सहभागितामा भुवा पर्व मनाउने गरिन्छ । । यसरी पर्व मनाउँदा समुदायको एकता र सामाजिक सम्बन्ध पनि मजबुत हुने गरेको अध्यक्ष केसीले बताए ।

भुवा पर्व महोत्सवको मुख्य आकर्षण भुवाचाली खेल प्रतियोगिता हुनेछ । सांगीतिक र सांस्कृतिक कार्यक्रमहरू महोत्सवका थप आकर्षकका रुपमा रहने छन् ।   भुवा पर्व महोत्सवको मुख्य आकर्षण भुवाचाली खेल प्रतियोगिता हुनेछ । सांगीतिक र सांस्कृतिक कार्यक्रमहरू महोत्सवका थप आकर्षकका रुपमा रहने छन् । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले कार्यक्रमको उद्घाटन गर्ने तय भएको समाजले जानकारी दिएको छ । सुदूरपश्चिम खेलकुद परिषद् र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले महोत्सवलाई प्रवद्र्धन गरेका छन् ।

प्रतिक्रिया