धनगढी । लागूऔषध खैरो हेरोइनसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका–७ का १९ वर्षीय शङ्कर चौधरी, गोदावरी नगरपालिका–८ का २० वर्षीय विवेक चौधरी छन् । प्रहरीले शङ्कर चौधरीलाई प्रहरीले टीकापुर नगरपालिका–३ रामपुरमा सडक छेउमा लागूऔषध खाइरहेको अवस्थाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीले खानतलासी गर्दा चौधरीको साथबाट एक ग्राम ७० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । यसैगरी, विवेकलाई शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट ३६० मिलिग्राम खैरो हेरोइन बरामद भएको जनाइएको छ ।
यस्तै, भजनी नगरपालिका–३ मोरियाघाटस्थित भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका टीकापुर नगरपालिका–३ शङ्करपुरका २१ वर्षीय किसन विक र २९ वर्षीय लक्ष्मीप्रसाद चौलागाईलाई प्रहरीले १४० मिलिग्रामसहित पक्राउ गरेको छ ।
पक्राउ परेका चारै जनामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कीब्न्द्रसिंह बोहराले जानकारी दिए ।
प्रतिक्रिया