ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा एकैदिन लागुऔषधसहित आठ जना पक्राउ

आइतबार २३, कार्तिक २०८२ ११:१८

धनगढी । कैलालीमा एकैदिन लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका विभिन्न प्रहरी कार्यालयहरूले आठ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ झलारीबाट प्रहरीले सोही ठाउँका २३ वर्षीय प्रविन्द राना, २४ वर्षीय घुम्मन राना र एक १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट १ ग्राम ८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय धनगढी र प्रहरी चौकी कैलालीगाउँको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । त्यस्तै, लम्की–चुहा नगरपालिका–१ थपालिपुरबाट प्रहरीले २४ वर्षीय दिनेश बुढा र ललित रानाक्षेत्रीलाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट ४२० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो । उक्त कार्यालयको अर्को टोलीले सोही दिन जानकी गाउँपालिका–३ लायकपुरका २४ वर्षीय जगदीश साउँदलाई पनि पक्राउ गरेको हो । उनको साथबाट १३० मिलिग्राम खैरो हेरोइन बरामद भएको र उनलाई लम्की–चुहा नगरपालिका–१ पायनियर्स बोर्डिङ स्कुल नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, घोडाघोडी नगरपालिका–१२ का २५ वर्षीय डेबिड कठरीया र ३१ वर्षीय नरेन्द्र चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट ५४० मिलिग्राम खैरो हेरोइन बरामद भएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीको टोलीले भजनी नगरपालिका–९ पचमोडियाबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया