ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछाम र बझाङमा युवतीमाथि बलात्कार, दुई जना पक्राउ

सोमबार २२, मङि्सर २०८२ १२:५२

धनगढी । बझाङमा २८ वर्षीया महिलालाई जवरजस्तीकरणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

जयपृथ्वी नगरपालिका–३ बस्ने २२ वर्षीय सुरज जोशीलाई प्रहरीले पक्राउ गरेको हो । सुरजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ ।

उता अछाममा १८ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । ती किशोरीलाई जवरजस्तीकरणी गरेको अभियोगमा ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थान बस्ने १९ वर्षीय पुष्प साउदलाई प्रहरीले पक्राउ गरेको छ ।

साउदले जवरजस्तीकरणी गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो । जोहेरीकै आधारमा प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरी टोलीले साउदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया