ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेतृत्वमा भिजन नहुँदा अपेक्षित विकास हुन सकेन : शाह

बिहिबार १३, मङि्सर २०८१ ०१:५४

धनगढी । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. जनकराज शाहले नेतृत्वमा रहेकाहरुसँग ‘भिजन’ नहुँदा जनअपेक्षाअनुसार देश विकास हुन नसकेको बताएका छन् । अग्रलेख मल्टिमिडिया प्रालिले धनगढीमा आज गरेको संवादमा उनले राजनीतिक अस्थिरता पनि मुलुक समृद्धिको गतिमा अघि बढ्न नसकेको कारण रहेको टीप्पणी गरे ।

‘संविधान जारी भएपछि मुलुकमा आर्थिक समृद्धिको अपेक्षा थियो तर हुन सकेन’ शाहले भने, ‘राज्य सञ्चालकमा सोँच, ‘फिलोसोफि’को कमी देखियो ।’ सरकारको अस्थिरतासँगै नीतिनियमहरु परिवर्तन भइहँदा त्यसको असर अर्थतन्त्रमा परेको उनले बताए । सरकार र नीतिगत अस्थिरताको असर व्यवसायको क्षेत्रमा पनि देखिएको उनको भनाइ छ ।

‘अहिले दुई तिहाइको सरकार छ तर कहिले ढल्छ भन्ने हल्लाले अर्थतन्त्र प्रभावित भइरहेको छ’ शाहले भने, ‘यसले व्यवसायीको मनोविज्ञान बिग्रेको छ । व्यवसायीलाई सुरक्षाको प्रत्याभूति छैन ।’ 

अहिले सबैतिर केही भएन भन्ने परिरहेको उल्लेख गर्दै उनले मुलुकमा आर्थिक विकासको संभावना रहेको उनले बताए । ‘हामी गर्न सक्दैनौँ भन्ने होइन गर्न सकिन्छ तर राज्य सञ्चालकमा सोँच र फिलोसोफी चाहिन्छ ।’             
 

प्रतिक्रिया