बझाङ । बझाङमा होली खेलेर ८ लाख बढी संकलन गरिएकाे छ । जिल्लाको बुङ्ङ्गल नगरपालिका– ५ स्थित भैरव आधारभूत विद्यालयले होली खेलेर ८ लाख ३५ हजार ५६७ रुपैयाँ सङ्कलन गरेको हाे ।
विद्यालय व्यवस्थापन समितिले फागुन २४ देखि २९ गतेसम्म स्थानीय गाउँमा होली कार्यक्रम आयोजना गरेर सो रकम सङ्कलन गरेको हो ।
होली कार्यक्रमबाट सङ्कलित रकमलाई विद्यालय व्यवस्थापन समितिले माध्यमिक तह निर्माण गर्नेदेखि लिएर निजी स्रोत तथा अतिरिक्त शिक्षकको तलब तथा व्यवस्थापनका लागि खर्च गरिने विद्यालयका प्रधानाध्यापक मङ्गल नाथले बताए ।
प्रतिक्रिया