ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु

आइतबार ०३, चैत २०८१ १०:२६

धनगढी । कैलालीमा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–३ चौकिडाँडामा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । 

शनिबार राति कैलालीको अत्तरियाबाट कञ्चनपुरको गुलरियातर्फ गइरहेको बा १७ च ९६४५ नम्बरको स्कारपिओ आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ का सुदिप रानाको मृत्यु भएको हो ।

उक्त स्कारपियो दुर्घटना हुँदा गम्भीर घाइते भएका रानाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

प्रतिक्रिया