ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अबको बजेटमा तीन करोडभन्दा कमका आयोजना समावेश नगरिने

आइतबार ०३, चैत २०८१ १०:५२

धनगढी । आगामी आर्थिक वर्षको बजेटमा तीन करोडभन्दा कम रकमका आयोजना समावेश नगरिने भएको छ । राष्ट्रिय आयोजना बैंक मापदण्ड–२०८१अनुसार राष्ट्रिय आयोजना बैंकमा तीन करोडभन्दा कमका आयोजना इन्ट्री गर्न नपाइने भएको हो । 

आयोजना बैंकमा नरहेका आयोजना बजेटमा समावेश गर्न नपाइने भएकाले विगतमा जस्तै कम रकमका टुक्रे योजना नपर्ने भएका हुन् ।

यसअघि तीन करोडभन्दा कम लागतका आयोजनामा संघबाट बजेट विनियोजन नगर्ने भन्दै २०८० पुसमा मन्त्रिपरिषद्बाटै निर्णय गरिएको थियो । तर उक्त निर्णयविपरीत संघीय सरकारले थुप्रै योजना ल्याएको थियो । 

प्रतिक्रिया