इजरायली सेनाले गाजा पट्टीमा भीषण आक्रमण गरेको जनाएको छ । हमासलाई लक्षित गर्दै उक्त आक्रमण गरिएको इजरायलले जनाएको हो ।
उद्धारकर्ताहरूले कम्तिमा पनि ३२६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
इजरायलको प्रधानमन्त्री कार्यालयले एक प्रतिक्रिया दिँदै भनेको छ, 'प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा रक्षामन्त्री इजराइल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमण गर्ने आदेश दिएका हुन् । हमासले इजरायली बन्धकहरू रिहा गर्न इन्कार गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि विट कोफ र अन्य मध्यस्थकर्ताले गरेको प्रस्ताव अस्वीकार गरेपछि उक्त आक्रमण गरिएको हो ।'
प्रतिक्रिया