डडेल्धुरा । डडेल्धुरामा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ ।
पाँच सय ५२ विद्यार्थी रहेकोमा तीन सय ७५ मत खसेको निर्वाचन समितिले जनाएको छ । समानुपातिकतर्फ तीन सय ७६ मत खसेको छ । अहिले सर्वपक्षीय बैठक भइरहेको र मतगणना आजै बेलुकादेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
स्ववियुको नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ । नेविसंघले गौरव ऐरलाई सभापतिको उम्मेदवार बनाएको छ ।
अन्य सबै संगठन नेपाल विद्यार्थी संघ (वीपी)को नेतृत्वमा चुनावी मैदानमा छन् । उक्त प्यानलबाट सभापतिमा नेविसंघ वीपीका मदन बोहरा उम्मेदवार छन् । यस्तै, कर्ण धामीको नेतृत्वमा स्वतन्त्र प्यानल पनि चुनावी मैदानमा छ ।
प्रतिक्रिया