धनगढी । कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार एक हजार ४०३ मत खसेको छ । क्याम्पसमा दुई हजार एक सय बढी मतदाता थिए ।
सर्वदलीय बैठकपछि आजै मतगणना गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ । क्याम्पसको स्ववियु नेतृत्वको लागि तीन संगठन मैदानमा उत्रिएका थिए ।
नेविसंघले सभापतिमा दीपकराज भट्टलाई उम्मेदवार बनाएको छ । अनेरास्ववियुले दिपेन्द्र भट्ट तथा अखिल (क्रान्तिकारी)ले बिकास बिष्टलाई सभापतिको उम्मेदवार बनाएकाे छ ।
प्रतिक्रिया