धनगढी । कञ्चनपुरको रामपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) की रविना राना विजयी भएकी छिन् । बेलौरी नगरपालिका– ८ कलकत्तामा रहेको उक्त क्याम्पसको सभापतिमा आठ मत पाउँदै राना विजयी भएकी हुन् ।
उनका प्रतिस्पर्धी अनेरास्ववियुका विमला रेग्मीले तीन तथा राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनकी शोभा विष्टले दुई मत पाए । कुल १४ जना मतदाता रहेको उक्त क्याम्पसमा १३ मत खसेको थियो ।
क्याम्पस प्रमुख मदन चन्दका अनुसार यसअघि नै सचिवमा निशा लम्साल र कोषाध्यक्षमा रुकमणी चौधरी निर्विरोध भएका थिए । उनीहरू पनि क्रान्तिकारीकै हुन् ।
प्रतिक्रिया