ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

फुलबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी

मङ्गलबार ०५, चैत २०८१ ०८:१५

धनगढी । कैलालीको फुलबारी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्वमा रहेको प्यानल विजयी भएको छ । 

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा क्याम्पसको सभापतिमा नेविसंघका भुवनराज जोशी विजयी भएका हुन् । उनले ५३ मत पाए । जोशीका प्रतिस्पर्धी अनेरास्ववियुका आलोक तामाङले ३६ मत पाए । 

यस्तै स्ववियु सचिवमा अखिल (समाजबादी) का सिमा बिक र कोषाध्यक्षमा अखिल (क्रान्तिकारी)का सरस्वती बिक विजयी भए । उक्त क्याम्पसमा अनेरास्ववियुविरुद्द नेविसंघ, क्रान्तिकारी र समाजबादीले तालमेल गरेका थिए ।

प्रतिक्रिया