ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अस्ताए कलाकार ऐर

आइतबार २४, चैत २०८१ ०९:५४

कञ्चनपुर । कलाकार तेजा ऐरको शनिबार निधन भएको छ । नेपाली चलचित्रमा खलनायकको भूमिका निभाएका उनको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा निधन भएको तेजाका भाई डबलबहादुरले जानकारी दिएका हुन् । 

कलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए । तीन दशकदेखि सानाठूला नेपाली चलचित्रमा ऐरले खलनायकको भूमिकामा अभिनय गर्दै आएका थिए । थारू भाषाको  चलचित्र ‘मोर बस्ती’बाट यस क्षेत्रमा डेब्यु गरेका ऐरले थारू, नेपाली र  भोजपुरी भाषाका झण्डै एक सय चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका थिए ।

ऐरले सत्या, हिरासत, विजयपथ, विरासत, हिम्मतवाली, जय परशुराम, रामजाने, कमाण्डरलगायत चलचित्रमा अभिनय गरेका थिए । विभिन्न टेलिफिल्म र म्युजिक भिडियोमा समेत उनले अभिनय गरेका थिए । 

प्रतिक्रिया