काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भात पानी बन्द गरिदिने चेतावनी दिएका छन् ।
काठमाडौंमा राप्रपाले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले वर्तमान सरकार नसुध्रिए आफूहरू गोली नचलाउने तर बालुवाटार घेर्न भने सक्ने बताए ।
‘मैल फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौं त भन्दिन । बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौं ,’ लिङ्देनले भने ।
प्रतिक्रिया