टीकापुर । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ५ अमौरामा हाइस गाडीले ठक्कर दिँदा श्रीमतीको ज्यान गएको छ । श्रीमान घाइते भएका छन् ।
प्रहरीका अनुसार सु प प्र ०१–००१ ज १५९८ नम्बरको हाइस गाडीले ठक्कर दिँदा साइकलमा सवार जानकी गाउँपालिका वडा नम्बर ५ की ४४ वर्षीया किहरु बडुवालको ज्यान गएको छ । साइकल चलाइरहेका मृतकका श्रीमान ५५ वर्षीय मानबहादुर बडुवाल घाइते रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीले जानकारी दिए । उनका अनुसार घाइते बडुवालको नेपालगञ्जमा उपचार भइहेको छ ।
टीकापुरबाट लम्कीतर्फ गइरहेको हाइस गाडीले साइकलमा लम्कीतर्फै गइरहेका दम्पत्तीलाई ठक्कर दिएपछि दुर्घटना भएको बताइएको छ । गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।
प्रतिक्रिया