ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटामा आए मुटुरोग विशेषज्ञ डाक्टर, सुदूरपश्चिममै पहिलोपटक ‘क्याथ ल्याब’ सञ्चालनको तयारी

बुधबार २७, चैत २०८१ ०४:३२

धनगढी । कैलालीको गेटा अस्पतालमा मुटु रोगीका लागि अत्यावश्यक ‘क्याथ ल्याब’ सेवा सञ्चालनको तयारी भएको छ । क्याथ ल्याब सेवा सञ्चालन भए मुटु रोगको पहिचान गर्न र उपचार गर्न पनि सहज हुने छ । 

क्याथ ल्याब सञ्चालनकै योजनाअनुसार अस्पतालमा मुटुरोग विशेषज्ञ डिएम कार्डियोलोजिस्ट डा. अजय भट्टले सेवा दिन थालेका छन् । छात्रवृत्ति करारमा गेटा अस्पताल आएका डा. भट्टले मंगलबारदेखि ओपिडीमा बिरामीको उपचार गर्न सुरु गरेको अस्पतालका सूचना अधिकारी नयनसिंह कार्कीले जानकारी दिए । यसअघि उनी गंगालाल अस्पतालमा कार्यरत थिए । 

सूचना अधिकारी कार्कीका अनुसार मुटुरोग विशेषज्ञ आएपछि अहिले अस्पतालमा दैनिक १० जनासम्म मुटुरोगका बिरामी पुग्ने गरेका छन् । 

डा. भट्टका अनुसार अहिले अस्पतालमा मुटुरोगीका लागि ओपीडसंगै इसिजी र इको सेवा सुरु गरिएको छ । इको भने गंगालाल अस्पतालकै स्तरको गेटा अस्पतालमा हुन थालेको डा. भट्टले बताए ।

मुटुको चाल हेर्ने हल्टर मेसिन पनि अस्पतालमा ल्याउने तयारी भइरहेको बताइएको छ । 
 

प्रतिक्रिया