ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका कराते खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान

बुधबार २७, चैत २०८१ ०५:३३

धनगढी । सुदूरपश्चिमका करातेमा खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको छ । नेपाल कराते महासंघ सुदूरपश्चिम प्रदेशले विभिन्न व्यक्तिलाई बुधबार सम्मान गरेको हो । 

धनगढीमा सुरू भएको प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता २०८१ को उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय खेलाडी बर्षा साउद र ललित खत्री, स्वयंसेवक प्रशिक्षक बबरजंग शाही, नेपाल कराते महासंघ कैलालका संस्थापक अध्यक्ष कर्णबहादुर चन्दलाई सम्मान गरिएको हो । 

वर्षाले जापानमा ओपन कराते च्याम्पियनसिपमा फाइटमा सिल्भर, थर्ड साउथ एशियन गेममा कास्य, पहिलो एपीएफ खुला अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । 

यस्तै धनगढीमा सम्पन्न दक्षिण एशियाली कराते प्रतियोगिताको छैठौं, सातौ र आठौ संस्करणमा लगातार तीन स्वर्ण जितेकी थिइन् । यस्तै अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक, कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीलाई अन्तर्राष्ट्रिय पदक प्राप्त गरि  देशको छवि उच्च पारेकोमा सम्मान गरिएको हो ।

यस्तै नेपाल कराते महासंघ कैलालीका संस्थापक अध्यक्ष कर्ण चन्दलाई करातेमार्फत खेल क्षेत्र विकासमा योगदान गरेबापत नगद १० हजार रूपैयाँसहित स्वर्गीय किशोर हमाल स्मृति लाइफटाइम एचिभमेन्ट २०८१ अवार्ड प्रदान गरिएको छ । 

प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त विशिष्ट अतिथि रहेको उक्त समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि थिए ।

प्रतिक्रिया