ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बीआरआइको विरोध गर्नुपर्ने कारण छैन : खनाल

शनिबार १६, मङि्सर २०८१ ०१:५२

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चीनको अनुदानमा पाएका उद्योगहरू बेचेर खाने नेताले अहिले बीआरआइको विरोध गरिरहेका बताएका छन् । 

चीन भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खनालले जुन नेताले आज चीनबाट अनुदानमा मात्र बीआरआई ल्याउनुपर्छ भनिरहेका छन् ती नेताहरूले नै विगतमा चीनको अनुदानमा बनाइएको उद्योगधन्दा बेचेर खाएको आरोप लगाए । 

‘हाम्रो देश खाली भिख मागेरमात्र काम गर्नुपर्छ भने होइन, अहिले केही साथीहरूले चीनबाट अनुदान मात्र लिनुपर्छ भन्ने तर्क गरेको सुनिन्छ’ खनालले भने, ‘तिनै साथीहरूले हिजो चाइनाले नै अनुदानमा दिएर नेपालमा निर्माण भएका उद्योग धन्दाहरू कौडीको मूल्यमा बेचे ।’ 

अनुदानमा लिएको कुरा बेचर खाने अनि अरू अनुदान माग्ने लाज लाग्दैन भन्दै उनले नेपाल जस्तो देशले दूरदर्शी भएर छिमेकीसँगको सम्बन्धलाई विकास गर्नुपर्ने बताए । चीनबाट ऋण लिँदा वा अनुदान लिँदा त्यसबाट नेपाललाई हित हुन्छ कि हुँदैन भनी सोच्नुपर्ने कुरा भएको भन्दै उनले राष्ट्रिय हित हुन्छ भने जे लिए पनि हुने बताए ।

प्रतिक्रिया