ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गुणाकर भट्टद्वारा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा, गभर्नर बन्ने निश्चित !

शुक्रबार ०५, बैशाख २०८२ ०३:२२

धनगढी । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने सुनिश्चित भएसँगै भट्टले राजीनामा दिएको बताइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने समझदारी भएको बताइएको छ । 

शुक्रबार नै गभर्नर सिफारिसका लागि सरकारले गठन गरेको अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिको बैठक बस्ने तयारी छ । बैठकले गभर्नरका लागि भट्टसहित तीन जनाको नाम सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्को बैठकले नयाँ गभर्नर नियुक्त गर्नेछ । 

प्रतिक्रिया