ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नारायण स्पोर्ट्स क्लबले जित्यो संस्कार क्रिकेट लिगको उपाधि

मङ्गलबार ०९, बैशाख २०८२ ०६:००

धनगढी । कैलालीको धनगढीमा सम्पन्न टिम इलाभेन संस्कार क्रिकेट लिगको उपाधि नारायण स्पोर्ट्स क्लब कञ्चनपुरले जितेको छ । मंगलबार भएको फाइनल खेलमा युथ अफ टीकापुरलाई ५ विकेटले पराजित गर्दै नारायण क्लबले उपाधि हात पारेको हो ।

जितसंगै क्लबले नगद एक लाख ११ हजार १११ सहितट्रफी हात पारेको छ । उपविजेतामा चित्त बुझाएको युथ अफ टीकापुरले ५५ हजार ५५५ नगदसहित ट्रफी प्राप्त गरेको छ । 

मंगलबार धनगढीको फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युथ अफ टीकापुर १३ दशमलव ४ ओभरमा सब विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो ।
उसका लागि सुदिप साउँदले १६ तथा दिनेश रावतले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

टीकापुरलाई सस्तैमा रोक्न नारायणका नेहाल दास र सचिन भट्टले समान ३–३ विकेट लिए । ७९ रनको लक्ष्य नारायण स्पोर्ट्स क्लवले १२ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्यो । नारायणका लागि राहुल चन्दले १७ तथा सुनिल चन्दले अविजित १६ रनको पारी खेले । 

बलिङतर्फ युथ अफ टीकापुरका सागर रावलले ३ विकेट लिए । संस्कार विद्याश्रम गोदावरी नगरपालिका–८ स्याउलेको आयोजनामा चैत ३० गतेदेखि सुरु भएको प्रतियोगितामा डोटी, कैलाली र कञ्चनपुरबाट १३ टोली सहभागी रहेका थिए ।

प्रतिक्रिया