ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

ओली र मोदीबीच टेलिफोनवार्ता

बुधबार १०, बैशाख २०८२ ०३:४०

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग बुधबार टेलिफोन संवाद गरेका छन् ।

भारत प्रशासित जम्मु कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा दुःख व्यक्त गर्न प्रधानमन्त्री ओलीले मोदीलाई फोन गरेका हुन् । 

फोनमा ओलीले सो आतंकवादी आक्रमणप्रति आपत्ति जनाउँदै यो दुःखको समयमा नेपाल सरकार र नेपाली जनता भारतको साथमा रहेको बताएका छन् ।

पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा एक जना नेपालीसहित २८ जना पर्यटक मारिएका छन् । 

प्रतिक्रिया