ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

श्रीलंकामा बौद्ध धर्मावलम्बी सवार बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

सोमबार २९, बैशाख २०८२ १०:२९

काठमाडौं । श्रीलंकामा बौद्ध धर्मावलम्बी चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । १४ जना गम्भीर घाइते भएका छन् ।

करिब ७० जना सवार उक्त बस मध्य तीर्थस्थल कातारागामाबाट पहाडी क्षेत्र कोटमाले हुँदै कुरुनेगाला शहर जाँदै गर्दा आइतबार बिहान भीरबाट खसेको थियो ।

दुर्घटनास्थलमा १५ जनाको र अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया