ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुराको जोगबुडा अस्पताल ५० शय्यामा स्तरोन्नति, प्रदेश सरकारलाई हस्तान्तरण

शुक्रबार ०२, जेठ २०८२ ०३:४५

धनगढी । डडेल्धुराको जोगबुडा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले जोगबुडा अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । 

परशुराम नगरपालिका मातहतको उक्त अस्पताल स्तरोन्नति गर्ने निर्णय सरकारले गरेको नगरप्रमुख भरत बडायर जोशीले जानकारी दिए । स्तरोन्नतिसँगै उक्त अस्पताल सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने पनि निर्णय भएको जोशीले बताए । 

‘गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रुपमा पाउनुपर्छ भन्ने हाम्रो मान्यता थियो,’ मेयर जोशीले भने, ‘हाम्रो निरन्तरको प्रयासपछि अस्पताल ५० शय्यामा स्तरोन्नति भएको छ ।’
 

प्रतिक्रिया