ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा राज्यमन्त्रीकाे घरमा लाखौंको चोरी

बिहिबार ०८, जेठ २०८२ ११:३८

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा रहेको चौधरीको घरमा चोरी भएको हो । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार सुनचाँदीका गहना र ६५ हजार नगद चोरी भएको हो ।

‘जिना घरको ग्रिल तोडेर घरमा राखिएको गहना चोरी गरिएको छ,’ इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले भने, ‘घरमा कोही नभएको बेला चोरी भएको भन्दै राज्यमन्त्रीज्यूकी दिदीले निवेदन दिएकी छिन् ।’

प्रहरीका अनुसार राज्यमन्त्री चौधरीको घरमा वैशाखदेखि कोही पनि थिएनन् । बर्दगोरिया गाउँपालिका–५ घर भएकी राज्यमन्त्री चौधरीकी दिदी श्यामकुमारी चौधरीले बुधबार सफाइका लागि घरमा पुग्दा चोरी भएको थाहा पाएको प्रहरीसमक्ष बताएकी छिन् । प्रहरीका अनुसार झण्डै २० लाख मूल्य पर्ने सुन र चाँदीका गहना चोरी भएका छन् । 

चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । राज्यमन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीका नेता हुन् ।

प्रतिक्रिया