ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा भूमि नीति मस्यौदामाथि छलफल

बिहिबार ०८, जेठ २०८२ ०५:३८

धनगढी । सुदूरपश्चिम प्रदेशको भूमि सम्बन्धी नीतिको मस्यौदामाथि आज धनगढीमा छलफल गरिएको छ । 

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित कार्यक्रममा भूमि नीति मस्यौदामाथि छलफल गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रहृका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमि नीति ल्याउन ढिलाइ गर्न नहुने बताए । 

उनले भूमि सम्बन्धी देखिएका समस्या समाधानका लागि नीति आवश्यक रहेको बताए । छलफल कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्की, उपसभामुख कोइलीदेवी चौधरी, प्रदेशसभा सदस्य, नीति तथा योजना आयोगका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया