ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अत्तरियामा बेहोस भेटिएका पुरुषको मृत्यु, हाटखोलीमा डुबेर बालकको ज्यान गयो

शुक्रबार ०९, जेठ २०८२ ०७:३७

धनगढी । कैलालीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ हाटखोली खोलाको डुबेर गौरीगंगा नगरपालिका–४ का ८ वर्षीय कृस नेपालीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार मामा घर आएको बेला खोलामा नुहाउने क्रममा ती बालकको मृत्यु भएको हो । 

गोदावरी नगरपालिकामै बेहोस अवस्थामा भेटिएका एकजनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बिहीबार राति बेहोस अवस्थामा भेटिएका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बेहोस भेटिएका उनलाई प्रहरीले उपचारका लागि पद्यमा अस्पताल हुँदै सेती प्रादेशिक अस्पताल पुगाएको थियो । उनको सेती प्रादेशिक अस्पतालमा राति नै उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया