बैतडी । बैतडी सदरमुकाम खलङ्गा क्षेत्रमा शुक्रबार राति १ बजेर ४८ मिनेट जाँदा गएको ५.१ रेक्टर स्केलको भूकम्पपछि ३.७ रेक्टर स्केलको एक र त्यसपछि १० वटा साना परकम्पन गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको पहिलो धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लामा महसुस गरिएको छ। भूकम्पबाट मानवीय र भौतिक क्षति भने भएको छैन ।
भूकम्पपछि बैतडी सदरमुकाम आसपासका भौतिक संचरनाको स्थलगत निरीक्षण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले बताए ।
प्रतिक्रिया