ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीकी युवतीले बलात्कारमा फसाइदिने भन्दै काठमाडौंमा चार आना जग्गा मागेपछि...

शुक्रबार ०९, जेठ २०८२ ०३:०५

धनगढी । हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा कैलालीकी एक युवतीसहित प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० कि ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठी छन् । 

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले सामाजिक सञ्जालमा चिनजान भएका एक युवकलाई ठमेलमा बोलाएर हनी ट्र्यापमा पारेको आरोप छ ।

ठमेलमा मदिरा सेवन गरेपछि युवकको नग्न फोटो, भिडिओ समेत लिएर ब्ल्याक मेलिङ गरेको र बलात्कार कसुरमा फसाउनेसम्म धम्की दिएको आरोप छ ।

उनीहरुले सुरुमा काठमाडौंमा ४ आना जग्गा दिएमात्रै केस मिल्ने नत्र बलात्कारमा फसाउन धम्की दिएको पाइएको थिए । अन्तिममा उनीहरूले पाँच लाखको चेक लिएर गएको भन्ने उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया