धनगढी । कैलालीको धनगढीमा हाते ट्याक्टरको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा भारतमा मृत्यु भएको छ ।
४ जेठमा धनगढी उपमहानगरपालिका–७ को जोखर ताल नजिक हाते ट्याक्टरको ठक्करबाट घाइते भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का २ वर्षीय देजल मल्लको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले मल्लको उपचारका क्रममा भारतको रुद्रपुरमा रहेको मेडीसिटी अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
बालकलाई भजनी नगरपालिका–४ बिजुलियाका जितेन्द्र चौधरीका १४ वर्षीया छोरा आर्यन चौधरीले चलाएको नम्बर नभएको हाते ट्याक्टरले ठक्कर दिएको थियो ।
प्रतिक्रिया