ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

आइतबार ११, जेठ २०८२ १२:०३

धनगढी । कैलालीको धनगढीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । धनगढी– १४ एच गाउँस्थित साइनोचोक नजिकै नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको हो ।

रोइरहेको अवस्थामा सडक छेउको नालामा सालनालसहित शिशु फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि प्रहरीलाई खबर गरेका बताए ।   । 

नवजात शिशुलाई प्रहरीले उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी पुगाएको छ । 

प्रतिक्रिया