धनगढी । पूर्वमुख्यमन्त्री तथा एमाले सुदूरपश्चिम संसदीय दलका नेता रजेन्द्रसिहं रावलले नीतिअनुसारको बजेट ल्याउनुपर्ने बताएका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै रावलले दुरगामी प्रभाव राख्नसक्ने योजना ल्याउनुपर्ने बताएका हुन् ।
सुदूरपश्चिमको सस्कृतिको संरक्षणले मात्रै समृद्धिको यात्रा तय हुने तर्क उनको थियो । उनले चालू आर्थिक वर्षको जस्तो पाँच योजना एउटैमा राखेर बजेट ल्याउन नहुने तर्क गरे ।
‘पोहोरको जस्तो पाँच योजना एउटैमा हाल्ने सिस्टम मुर्दावाद,’ उनले भने । यसवर्षको बजेट रोजगारी प्रवद्र्धन, सामाजिक विकास र पूर्वाधार विकासमा केन्द्रित हुन जरुरी रहेको उनको भनाई छ ।
प्रतिक्रिया