गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर कार्यालयमा सरुवा गरेका छन् । गभर्नर बन्ने संकेत मिलेपछि कार्यकारी निर्देशकबाट राजीनामा दिएका भट्टको राजीनामा अस्वीकृत गर्दै गभर्नर पौडेलले उनको सरुवा गरेका हुन् ।
भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नरको कार्यालयमा सरुवा गरिएको हो । केही महिनाअघि गभर्नरको दौडका क्रममा भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए ।
उक्त राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्कीकृत नगर्दा भट्ट गभर्न बन्न रोकिएका थिए । कांग्रेस र एमालेबीच गभर्नरमा भट्टलाई लैजाने सहमति भएपछि ढुंगानाले उनको राजीनामा अस्वीकृत गरेकी हुन् ।
प्रतिक्रिया