धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–३, निम्दीमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो ।
सुपप्र ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका करिब ५५ वर्षीय मानबहादुर चौधरी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखड लगिएको थियो । तर, उपचारका क्रममा पौने ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–७ का २५ वर्षीय भरत बहादुर बम पनि दुर्घटनामा घाइते भएका छन् । उनको घोडाघोडी अस्पतालमै उपचार भइरहेको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय लक्ष्मणबहादुर सिमलालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया