ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डोटीमा किशोरी बलात्कृत, ६१ वर्षीय पुरुष पक्राउ

मङ्गलबार १३, जेठ २०८२ १०:१९

दीपायल । किशोरी बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका–८ सनडाका ६१ वर्षीय च्यामे भनी चिनिने गंगाराम कोली पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कोलीले २०८१ फागुन १४ गते राति ११ बजेको समयमा नारीदाङ स्थित शिवरात्री मेला हेर्न गएकी १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ । 

घटना केही महिना अघिको भए पनि पीडित बालिकाकी आमाले जेठ ११ गते मात्रै प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी परेको थाहा पाए पछि आरोपित कोली भागेर भारत जान लागेका थिए । 

उनलाई प्रहरीले कञ्चनपुर स्थित गड्डाचौकी नाकाबाट पक्राउ गरेको हो । 

प्रतिक्रिया