धनगढी । बाजुरा जीप दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।
स्थानीय दीपक कार्कीका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक करनसिंह महतरा र जीपमा सवार बडीमालिका नगरपालिका– ७ का रविन्द्र धामीको मृत्यु भएको छ ।
बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार बुढीनन्दा –२ का लोकेन्द्र तिरुवा र नन्दराम तिरुवा घाइते भएका छन् ।
आज बिहान बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेको बा ५ च २२०९ नम्बरको जीप सोही गाउँपालिकाको २ नम्बर वडामा रहेको काँडाकोटमा दुर्घटनामा परेको थियो । डीएसपी हवारीका अनुसार जीप सडकबाट ८० मिटर तल खसेको छ ।
प्रतिक्रिया