ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कृष्ण सेनको स्मृति दिवस मनाइयो

मङ्गलबार १३, जेठ २०८२ ०१:२४

धनगढी । स्वर्गीय पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस धनगढीमा मनाइएको छ । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समिति र जिल्ला समिति कैलालीको संयुक्त आयोजनामा स्वर्गीय सेनको फोटोमा माल्यार्पण गरेर स्मृति दिवस मनाइएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी ‘उत्सव’, सचिव जनक बुढा, सहसचिव अञ्जिता श्रेष्ठ, प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव हरिश बिक, प्रेस सेन्टर नेपालका निवर्तमान सचिव उन्नती चौधरी, निवर्तमान केन्द्रीय सदस्य टंक कुँवर, प्रेस सेन्टर सुदूरपश्चिम प्रदेशका महासचिव तेजराज भट्ट, जिल्ला अध्यक्ष सुरेन्द्र ताम्राकार, सचिव हिक्मत भुललगायतको सहभागिता रहेको थियो ।

प्रेस सेन्टरले २३ वर्षअघि राज्यबाट हत्या गरिएका पत्रकार सेन स्मृति दिवस मंगलबार देशैभरि विभिन्न कार्यक्रम गरेर मनाएको छ । जनदिशा दैनिकको प्रधान सम्पादक रहँदा प्रहरीले २०५९ जेठ १३ गते पत्रकार सेनको हत्या गरेको थियो । उनको हत्या भएको दिन हरेक वर्षको जेठ १३ गतेलाई प्रेस सेन्टरले सेन स्मृति दिवसको रुपमा मनाउने गरेको हो ।
     
 

प्रतिक्रिया