धनगढी । बाजुराको जगन्नाथ गाउँपालिका–२, काडाकोटमा भएको जिप दुर्घटनामा ज्यान गुमाएका नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का टेलिकमको जगन्नाथस्थित टावरमा ब्याट्री फेर्न गइरहेको खुलेको छ ।
नेपाल टेलिकम बाजुराका अनुसार टावरमा ब्याट्री फेर्न खड्कासहितको टोली हिमाली गाउँपालिकाबाट जगन्नाथ आएको थियो । जिप दुर्घटनामा खड्कासहित तीन जनाको मृत्यु भएको छ । जिप चालक करनसिंह महतरा र जीपमा सवार बडीमालिका नगरपालिका–७, का रविन्द्र धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर जिपमा सवार बुढीनन्दा नगरपालिका–२, का लोकेन्द्र तिरुवा र नन्दराम तिरुवा घाइते भएका बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । घाइतेहरुको कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार दुर्घटना भएको ठाउँ पुग्न सदरमुकाम मार्तडीबाट जिपमा करिब पाँच घण्टा र कोल्टीबाट करिब तीन घण्टा लाग्छ ।
प्रतिक्रिया