धनगढी । बाजुराको जगन्नाथ गाउँपालिका–२, काडाकोटमा भएको जिप दुर्घटनामा घाइते भएकाहरुको हेलिकप्टरबाट उद्दार गर्न लागिएको छ । घाइतेको उद्दारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बाजुराका लागि उडेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी छ । दुर्घटनामा परेर जिपमा सवार बुढीनन्दा नगरपालिका–२, का लोकेन्द्र तिरुवा र नन्दराम तिरुवा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोल्टी अस्पताल पु¥याइएको छ ।
दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, जिप चालक करनसिंह महतरा र जीपमा सवार बडीमालिका नगरपालिका–७, का रविन्द्र धामीको मृत्यु भएको हो । खड्कासहितको टोली जगन्नाथस्थित नेपाल टेलिकमको टावरमा ब्याट्री फेर्न गइरहेको थियो ।
प्रतिक्रिया