ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

मङ्गलबार १३, जेठ २०८२ ०४:२३

धनगढी । धनगढीबाट चाँदीका गरगहनासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले भारतको सुडा बजार घर बताउने ३२ वर्षीय हरिलाल रानालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

रानालाई भारतबाट नेपाल आइरहेका बेला धनगढी उपमहानगरपालिका–१०, सिमलघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन् ।

रानाको साथबाट तीन किलो ३७० ग्राम चाँदीका अवैध गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ ।    
 

प्रतिक्रिया