ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा ढुङ्गा लागेर एकजनाको मृत्यु

बुधबार १४, जेठ २०८२ १०:१३

दार्चुला । दार्चुलामा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । अन्य एकजना घाइते भएका छन् । 

आज बिहान ७ बजेतिर नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ गइरहेका ठेगाना खुल्न बाँकी ७० वर्षीय कालु जोशीको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको हो । 

बाटोमा जाँदै गरेको अवस्थामा स्थानीय रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा लागेर जोशीको घटनास्थलमै मृत्यु भएको हो । 

उनीसँगै रहेका नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भउका छन् । घाइते धामीको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ । 

प्रतिक्रिया