धनगढी । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोप असत्य र बेठिक रहेको बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले सहसचिव तीर्थराज भट्टराईसँग जोडेर आफूलाई पनि त्यसमा संलग्न भनिएको बारे स्पष्टीकरण दिँदै त्यसमा कुनै संलग्नता नरहेको बताए ।
मन्त्री लेखकले कर्मचारीमाथि अख्तियारको छानबिन गर्दैमा राजीनामा दिएका उदाहरण नभएको बताएका छन् । पछिल्ला तीन आर्थिक वर्षमा ६४ हजार ६१ उजुरी अख्तियारमा दर्ता भएकामा कुनै पनि मन्त्रीले राजीनामा नदिएको उनको भनाइ छ ।
प्रतिक्रिया