ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अत्तरियामा चक्काजाम, डीडीसी नसार्न माग

बिहिबार १५, जेठ २०८२ ११:०१

धनगढी । कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी)को धनगढी दुग्ध वितरण आयोजना नसार्न माग गर्दै स्थानीयले चक्काजाम गरेका छन् ।

दुग्ध विकास संस्थान संरक्षण संघर्ष समितिले आज बिहान साढे ९ बजेदेखि आधा घण्टाका लागि अत्तरिया–धनगढी सडक खण्डमा चक्काजाम गरेको हो । 

उनीहरूले  धनगढी दुग्ध वितरण आयोजनाको कारखानामा पनि तालाबन्दी गरेका थिए । आयोजनाको कार्यालयमा भने ८ वैशाखदेखि नै तालाबन्दी छ । 

डीडीसीको आयोजना कार्यालय र कारखाना धनगढी सार्न काम सुरु भइसकेको छ । धनगढी–१५ मा ०७५ सालमै निर्माण सम्पन्न भएको जडीबुटी प्रशोधन केन्द्रमा डीडीसी सार्न लागिएको हो । 

प्रतिक्रिया