धनगढी । आयोजना निर्माण भई उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा खपत हुन थालेको दुई वर्षपछि नेपाल सरकारले रानीजमरा कुलरिया सिंचाई आयोजनाको जलविद्युतको आय सञ्चित कोषमा राख्ने भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । सिंचाई आयोजनाबाट उत्पादन हुने विद्युत बिक्रीबाट भएको आम्दानी राष्ट्रिय सञ्चित कोषमा जम्मा गरिने उनले उल्लेख गरे ।
०८० माघ १६ गतेबाट उत्पादन सुरु गरेको आयोजनाले विद्युत खरिद बिक्री सम्झौताको टुंगो नलागेपछि उधारोमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ । आयोजनाले दैनिक ४.७१ मेगावाट जलविद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा पठाएको छ ।
प्रतिक्रिया