ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेपाली युवा उद्यमी मञ्च कैलालीको अध्यक्षमा दाहाल

आइतबार १८, जेठ २०८२ ०६:१२

धनगढी । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) कैलाली शाखाको अध्यक्षमा अच्युत दाहाल निर्विरोध निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न मञ्चको आठौं अधिवेशनले दाहालको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

मञ्चको प्रथम उपाध्यक्षमा आयुष हमाल र द्धितीय उपाध्यक्षमा आशिष शाह चयन भएका छन् ।

त्यस्तै सदस्यमा आदित्य हमाल, आयुष मोहपाल, वीरेन्द्र भट्ट, श्रवण शाह, भरत श्रेष्ठ, गोविन्द बोहरा र प्रितम करिया निर्विरोध चयन भए । नवनिर्वाचित कार्यसमितिलाई पूर्व अध्यक्ष रोशन भट्टले शपथ ग्रहण गराएका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्यमन्त्री प्रकाश बमको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन निवर्तमान अध्यक्ष तर्कराज भट्टको अध्यक्षतामा भएको हो । कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष कुशल श्रेष्ठ र कैलालीका संस्थापक अध्यक्ष पुष्कर ओझा बिशिष्ट अतिथि रहेका थिए ।

प्रतिक्रिया