ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कसरी गर्ने घरमै मेकअप ?

मङ्गलबार १८, मङि्सर २०८१ ११:०५

सुरुमा फेसवासले अनुहार धुनुपर्छ । अनि सफा कपडाले अनुहार पुछ्नुपर्छ । त्यसपछि अनुहारमा टोनर लगाउनुपर्छ । त्यसको केहीबेरमा मोस्चराइजर क्रिम लगाउनुपर्छ ।

त्यसपछि सन्सक्रिम अनिवार्य लगाउनुपर्छ । मेकअपलाई लामो समय टिकाउन प्राइमर लगाउन सकिन्छ । यसपछि आफूलाई मन परेको सेपमा आइब्रो बनाउनुपर्छ । आफ्नो स्किनअनुसारको फाउन्डेसन लगाउनुपर्छ । लगत्तै पाउडर लगाउनुपर्छ । फाउन्डेसन मात्र लगाउँदा अनुहार चिल्लो देखिने हुँदा पाउडर लगाउँदा सुक्खा हुन्छ ।

मेकअप गरेको करिब १० मिनेटपछि अनुहारमा चमक आउँछ । घरमै बसेर आइस्याडो लगाउँदा आफूले लगाएको कपडाअनुसारको आइस्याडो लगाउन सकिन्छ । कसैलाई कपडाको कलरअनुसारको आइस्याडो मन पर्दैन भने न्युड कलरको आइस्याडो लगाउन सकिन्छ । घरमा बस्दा वा चाडपर्वको समयमा न्युड मेकअप गर्दा राम्रो देखिन्छ ।

कस्तो सनस्क्रिम लगाउने ? 

आफ्नो स्किनअनुसार सुट हुने क्रिम लगाउनुपर्छ । क्रिम छनोट गर्दा फेसलाई सुट हुन्छ वा हुँदैन, प्रयोग गरेर मात्र किन्नुपर्छ । कसैलाई ब्रान्डअनुसारको क्रिमले सुट गर्छ भने कसैलाई कम मूल्यका क्रिमले सुट गर्ने हुन्छ । फाउन्डेसन किन्दा पनि आफ्नो स्किनअनुसार सुरुमा सुट हुन्छ हुँदैन, प्रयोग गरेर मात्र छनोट गर्नुपर्छ ।
 

प्रतिक्रिया