ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एनपीएलमा सट्टेबाजी, चार जना भारतीय पक्राउ

मङ्गलबार १८, मङि्सर २०८१ ०३:४४

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी खेलाएको आरोपमा चार जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुले एनपीएलमा अनलाइनट सट्टेबाजी चलाएको प्रहरीको दावी छ ।

एनपीएलमा स्पोर्ट्स बाजी, प्रोबोलगायतका अनलाइन बेटिङ एपबाट त्रिवि क्रिकेट मैदानबाटै सट्टेबाजीमा संलग्न भएको पाइएपछि चार जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रवक्ता एसपी होविन्द्र बोगटीले बताएका छन् ।

एसपी बोगटीका अनुसार उनीहरूविरुद्ध सट्टेबाजी गर्नु नहुने कसुरमा थप अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा भारतको कोलकाताका सुमन घोष, उत्तर प्रदेश कानपुरका अमित यादव, बिहार सहरसाका सुमन्त कुमार र ब्रजेश कुमार रहेका प्रहरीले जनाएको छ ।

एपी बोगटीले चारै जनालाई त्रिवि क्रिकेट मैदानबाटै पक्राउ गरिएको जानकारी दिए । उनीहरूको साथबाट भारतीय आधार कार्ड ४ थान र ६ वटा मोबाइल बरामद गरिएको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया