धनगढी । मंगलबार दिउँसो तीन बजे सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय सुनसान थियो ।
कार्यालय समयअनुसार मध्याह्न चार बजेसम्म कर्मचारी मन्त्रालयमा बस्नुपर्ने हो । तर तीन बजे नै कर्मचारीहरु गएपछि मन्त्रालयका अधिकांश कार्यकक्ष सुनसान थिए ।
मन्त्रालयको लेखाबाहेक अन्य शाखामा कर्मचारी थिएनन् । मन्त्री, सचिवको कार्यकक्ष र मन्त्रीको सचिवालय पनि सुनसान थियो ।
वन मन्त्रालय परिसरमै रहेको मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइका त अधिकांश क्याबिनमा ताला लगाइएको थियो ।
दिउँसो तीन बजे इकाइमा शाखा अधिकृत दिलिप साउँद र एकजना कार्यालय सहयोगीमात्रै थिए ।
प्रतिक्रिया