सुदूरपश्चिमका सहरमध्ये योजनाबद्ध रूपमा स्थापित एकमात्र सहर हो, कञ्चनपुरको महेन्द्रनगर । महेन्द्रनगर हाल ‘भीमदत्त बजार’ नामले चिनिन्छ । नेपालमा गणतन्त्र आएपछि महेन्द्रनगरको नाम परिमार्जित गर्दै भीमदत्त राखिएको हो ।
राजा महेन्द्रले ०१४ सालमा देश दर्शनका क्रममा पूर्वको झापा, ताप्लेजुङ, पश्चिमको दार्चुला हुँदै बैतडी पैदल भ्रमण गरेका थिए । भ्रमण गर्ने क्रममा बाटोमा भेटिने व्यक्तिहरूलाई सोधपुछ गर्दा त्यहाँका नागरिकको अवस्था नाजुक भएको थाहा पाएपछि उनले त्यहाँका जनतालाई तराई झर्न आग्रह गरेको स्थानीयको भनाइ छ ।
खान नपुग्ने, कमाइ खान जमिन पनि नभएको गरिबीको अवस्थाका कारण ०१८ सालदेखि पहाडबाट तराई बसाइँ सर्न सुरु भएकोे हो । ०१८ सालमा राजा महेन्द्रले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएका थिए ।
बस्ती बस्न थालेपछि महेन्द्रनगरमा ०२५ सालमा प्रशासनिक भवन निर्माण हुन थाले । राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बनाएको बताइन्छ ।
तस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी






प्रतिक्रिया