धनगढी । सुदूरपश्चिमका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य शिवराज भट्टले अघिल्लो कार्यकालको प्रदेश सरकारले बजेटमा दलाली प्रथा सुरु गरेको बताएका छन् । मंगलबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै भट्टले यस्तो बताएका हुन् ।
‘दलालहरु धमिरा हुन्, जबसम्म दलाली प्रथा समाप्त हुँदैन तबसम्म विकास सम्भव छैन,’ उनले भने, ‘यद्यपी यो दलाली प्रथा विगतको निर्वाचित प्रदेश सरकारको पालादेखि विकृतिको रुपमा सुरु भएको हो । हाल कम हुँदै गए पनि निर्मुल हुन जरुरी छ ।’
पूर्वमन्त्री भट्टले बजेट खरिदबिक्रीमा लागेकाहरुले आफूहरुलाई धम्की दिइरहेको बताए । ‘आज दलालहरुले हामीहरुले यति योजना किनेर ल्यायौं, तिमीहरुले के ग¥यौ भनेर प्रश्न गरिरहेका छन्,’ उनले भने, ‘हाम्रो टाउको निहुरिएको छ ।’
सुदूरपश्चिम प्रदेश सरकारले १ असारमा सार्वजनिक गरेको बजेटमाथि प्रदेशसभामा छलफल भइरहेको छ । बजेटमा योजना खरिदबिक्री भएको भन्दै सत्ता र प्रतिपक्ष दुवै पक्षका प्रदेशसभा सदस्यले असन्तुष्टि जनाउँदै आएका छन् ।
प्रतिक्रिया